नेपाली टिम पुग्यो पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा, विजेताले २३ करोड ४० लाख पाउने

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप

काठमाडाैं: पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरेको छ ।

पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिपका लागि छनौट भएका थिए ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेलमा ३ सय १२ अंक बटुलेको थियो ।

जसमा किल प्वाइन्ट १ सय ३२ र प्लेस प्वाइन्ट १ सय ८० प्राप्त गरेको थियो । त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा १ सय १४ अंक मात्र बटुल्न सफल भएको थियो ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबईमा हुँदैछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार