श्री एयरलाइन्सको विमानमार्फत प्रम ओली धनगढी आउदै, ५० हजार बढी कार्यकर्ता सहभागी हुने

सुरक्षा निकाय हाई अलर्ट

प्रधानमन्त्री केपी शर्मा ओली

धनगढीः प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली भोली धनगढी आउने भएका छन्।

प्रतिनिधिसभा विघटन भएपछि विभाजित देखिएको नेकपा सुदूरपश्चिम ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभामा सहभागी हुन प्रधानमन्त्री ओली धनगढी आउने भएका हुन्।

नेकपा ओली समूहले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री ओली भोली बिहान श्री एयरलाइन्सको विमानबाट धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको जनाएको छ।

नेकपा सुदूरपश्चिम ओली समूहका इन्चार्ज एवंम् उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए।

प्रधानमन्त्रीले सम्बोधन गर्ने धनगढीको सभामा ५० हजार नेता कार्यकर्ता उतार्ने दावी नेकपा सुदूरपश्चिमको छ ।

प्रधानमन्त्री आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले प्रधानमन्त्रीको सुरक्षाका लागि थप प्रहरी परिचालन हुने बताए । ‘संसद विघटनपछि प्रधानमन्त्री पहिलो पटक उपत्यका बाहिर आउदै हुनुहुन्छ । अहिलेको परिस्थीतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउछौ,’ सुवेदीले भने ।

प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुस २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समिति कैलालीले पनि प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घट्ना हुन नदिन रणनीति बनाउदै आज बैठक सम्पन्न गरेको छ । प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार