नेकपाका दुवै अध्यक्षलाई फेरि निर्वाचन आयोगको पत्र

निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्र नमिलेको भन्दै दुवै अध्यक्षलाई पुनः सात दिनभित्र पत्र पठाउन ताकेता गरेको छ । नेकपामा अध्यक्ष ओली समूह र दाहाल–नेपाल समूहबीच पार्टी तथा निर्वाचन चिह्न सम्बन्धमा विवाद रहँदै आएको छ । दुवै समूहले आफूहरू नै आधिकारिक पार्टी रहेको र सूर्य चिह्न पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् ।

यसका लागि दुवै समूहले आयोगमा आआफ्नो दाबी पेस गरेका थिए । तर निर्वाचन आयोगले दुवै समूहले यसअघि पठाएको विवरण नमिलेको भन्दै सुधारसहितको नयाँ विवरण माग गरेको हो । आयोगले शुक्रबार दुवै अध्यक्षलाई पत्र लेख्दै तथ्यसहितको विवरण माग गरेको छ । आयोगको बैठकबाटै दुवै समूहसँग तथ्यसहितको विवरण माग गर्ने निर्णय भएको हो ।

‘उल्लिखित तथ्यगत र कानुनी कुराको अध्ययन र जाँचबुझ गरी गरिएको विश्लेषणबाट राजनीतिक दलसम्बन्धी ऐन २०७४ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ भएको कानुनी व्यवस्था र दुई अध्यक्ष छुट्टाछुट्टै पत्र व्यवहार गरी पठाएको आपसमा नमिलेका विवरण बेहोरा र माथि उल्लेख गरिएबमोजिम दलको विधानमा रहेका यस विषयसँग सम्बन्धित प्रावधानका आधारमा दलको विवरण अद्यावधिक गर्न सुधारसहितको विवरण आउनुपर्ने ठहर गरिएको छ,’ आयोगले पठाएको पत्रमा भनिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार