कांग्रेसले आज ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा गर्दै छ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले आज प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा गर्न लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालयले जनाएअनुसार देशभर ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन्। प्रदर्शनलाई सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका नेताहरूले सम्बोधन गर्ने छन्।

यही पुसको १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेअनुसार कांग्रेसले प्रदर्शन गर्न लागेको हो। सोही बैठकले आगामी माघ ३ गते शनिबार देशैभरका ७५३ पालिकाहरूमा र माघको ८ गते ६ हजार ७४३ वडाहरूमा विरोध प्रदर्शन एवं सभाको आयोजना निर्णय गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार