रेस्लिङ्ग सम्झिदै रोस्टममा प्रम: भन्छन्, ‘नलडी बेल्ट जितेको फुर्ती लाउनु व्यर्थ हो’

चाहेर पनि मलाई हटाउन सकेनन्, यही हो स्थिरता !

PM KP Oli
File photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा गर्ने बित्तिकै धेरैको सातो गएको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै उनले चुनाव घोषणा भएको र रिङमा उत्रन सबै दललाई आग्रह गरे । ‘रिङमा आउनुस्, जितेर बेल्ट लगाउनुस् ’ उनले भने । निर्वाचन भन्नेबित्तिकै सातो किन गएको भन्दै उनले भने गलत गरेकालाई जनताले दण्ड दिने बताए ।

प्रधानमन्त्री ओलीले कालापानीदेखी लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्रै नभएर व्यवहारमै कायम गरेर छाड्ने बताए ।

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे ।

‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाह्य शक्तिको इशारामा जब देशका शक्तिहरु गोटी बन्न थाल्छन्, राष्ट्रिय रजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन्, विकासका काममा व्यवधान गर्न थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिन थाल्छन् ।’

ओलीले अघि भने, ‘अहिले स्थिरताको स्थिति हो, कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेन ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार