बाजुराको बडीमालिका नगरपालिकाको आठौं नगरसभा सोमबारबाट सुरु

बाजुराको बडीमालिका नगरपालिकाको आठौं नगरसभा सोमबारबाट सुरु

बाजुरा: बाजुराको बडीमालिका नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशन सोमबारबाट सुरु भएको छ । “समृद्ध नगर, खुसी नगरबासी” भन्ने मुल नाराका साथ नगरपालिकाको आठौं नगर सभा तथा हिउँदे अधिवेशन सूरु भएको हो ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमहरु पेश गरिएको छ । आठौं नगरसभामा नगरपालिकाको सातौँ नगर सभामा कार्यापालिकाबाट स्वीकृत भएको बडीमालिका नगरपालिका पत्रकार कल्याण कोष स्थापना तथा संचालन निर्देशिका, घर बहाल कर सम्बन्धी कार्यविधि पनि पेश गरिएको छ ।

यस्तै बडीमालिका नगरपलिका सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धि कार्यविधि, नगरपालिकाको सार्वजनिक जवाफदेहिता पर्वद्धन सम्बन्धि कार्यविधि पारित गरेको छ।

त्यस्तै , मेलमिलाप केन्द्र संचालन कार्यविधि, लैङ्गिक हिंसा निवारणको संचालन तथा व्यवस्थापन कार्यविधी, कक्षा ८ को परिक्षा संचालन तथा व्यवस्थापन कार्यविधिहरु नगरसभाबाट निर्विरोध निर्णयार्थ पारित गर्दै अनुमोदनका लागि सभामा पेश गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार