आन्तरिक राजस्व कार्यालय बालाजु परिसरबाट घुस लिने–दिने पक्राउ

पक्राउ

काठमाण्डौ: आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा र टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापा मगर घुससहित पक्राउ परेका छन् ।

कम्प्युटर अपरेटर शर्माले रेस्टुरेन्ट सञ्चालक सन्तोष थापा मगरसँग कर तिर्न सहजीकरण गरिदिएबापत ४३ हजार रुपैयाँ घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई कार्यालय परिसरबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार