संस्कारी शैली: बझाङको खप्तड छान्नामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई कम्बल कोसेली 

बझाङको खप्तड छान्नामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई कम्बल कोसेली 
बझाङः बझाङको खप्तड छान्ना क्षेत्रमा चिसो बढ्दै गएपछि यहाँको गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल कोसेली दिएको छ।
खप्तड छान्ना गाउँपालिकाले ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई एक–एक कम्बल दिएको हो।
गाउँपालिकाले चिसोमा न्यानो कार्यक्रमअन्तर्गत सबै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेपछि उनीहरू खुसी भएका छन्। गाउँपालिकाका सात वडामा रहेका एक हजार पाँच जनालाई कम्बल कोसेली दिइएको गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले बताए। उनले प्रायजसो गाउँमा जाँदा चिसोका समयमा सबै भन्दा बढी ज्येष्ठ नागरिकलाई समस्या हुने गरेकाले कम्बल कोसेली दिइएको जानकारी दिए।
अध्यक्ष रोकायाले यसका साथै ज्येष्ठ नागरिकलाई घरघरमै गएर वर्षमा दुई पटक स्वास्थ्य परीक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बताए। गएको वर्ष पनि गाउँपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार