आज ‘नरहरी’ अर्थात माघे संक्रान्ति, मुलुकभर हर्ष उल्लासका साथ मनाइँदै !

माघे संक्रान्तिको शुभकामना

धनगढीः आज माघे संक्रान्ति अर्थात् माघी पर्व स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरी मनाइँदै छ । माघे संक्रान्तिलाइ बैतडी लगायत सुदूर पहाडका जिल्लाहरूमा ‘नरहरी’ पनि भन्ने गरिन्छ ।

नेपालीका लागि माघे संक्रान्ति विशेष पर्व मानिन्छ । ज्योतिष शास्त्रअनुसार सौर मासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति (माघे संक्रान्ति) पनि भनिएको हो ।

सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ ।

यो माघ महिनाको पहिलो दिन मनाइन्छ । माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । यसलाई थारु समुदायको नयाँ वर्ष पनि भनिन्छ । आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ । त्यस्तै दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि छ ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक प्रर्यटकिय स्थल गोदावरी क्षेत्रमा स्नान गर्नेहरूको भिडभाड लागेको छ भने कतिपय मानिसहरू स्नान गरेर फर्किने क्रम समेत सुरु भएको छ। कैलाली कञ्चनपुरसहित सुदूरपश्चिम र प्रदेश बाहिर तथा छिमेकी भारतबाट समेत श्रद्धालु भक्तजन स्नान र पूजापाठका लागि गोदावरी क्षेत्र पुग्ने गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार