माघीको अवसरमा धनगढीमा पेनाल्टी सुट आउटः बेहडी युवा क्लब विजेता, विष्णु नेतृत्वको टिम उप विजेता 

माघीको अवसरमा धनगढीमा पेनाल्टी सुट आउट

धनगढीः थारु समुदाय को महान् चाड माघी अर्थात् पहाडी समुदाय को महान् चाड माघे सक्रान्तिको अवसरमा धनगढीमा पेनाल्टी सुट आउट प्रतियोगिता आयोजना गरिएको छ ।

धनगढी उप-महानगरपालिका वडा.नं. ३ को बढहरा गाउँ देउथान मन्दिर समिति द्वारा आयोजित प्रतियोगितामा बेडी युवा क्लब विजेता बनेको छ, भने राष्ट्रिय युवा सङ्घ धनगढी नगर कमिटीका अध्यक्ष विष्णु केसि नेतृत्वको टिम उप-विजेता बनेको छ ।

विष्णु नेतृत्वको टिम बाट धनगढी उपमहानगर ३ का वर्डा अध्यक्ष बल बहादुर ऐर, फोटो पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश महासचिव शंकर बोहरा, फोटो पत्रकार महासङ्घ कैलालीका सचिव दिनेश बिस्ट र हरि खड्काले खेलेका थिए ।

पेनाल्टी सुट आउट प्रतियोगितामा १६ टिमको सहभागिता थियो । सोही कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार