बैतडीमा किशोरीमाथि सामूहिक बलात्कार प्रकरणः कञ्चनपुरबाट थप एक जना पक्राउ

पक्राउ
धनगढीः बैतडीकी किशोरीलाई सामूहिक बलात्कार आरोपमा थप एक जना कञ्चनपुरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का धर्मेन्द्र चन्द हुन्।
सोही गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका चन्दलाई पक्राउ गरी बैतडी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
किशोरीमाथि पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा यसअघि बैतडी प्रहरीले गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय प्रविन चन्दलाई पक्राउ गरिसकेको छ। घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार