दशरथचन्द नगरपालिकाले बन्द रहेका सेवा माघ २ गतेबाट सुचारु गर्ने

दशरथ चन्द नगरपालिका

बैतडी: बैतडीको गढी क्षेत्र आजबाट खुल्ने भएको छ । दशरथचन्द नगरपालिकाले बन्द रहेका सेवा माघ २ गतेबाट सुचारु गर्ने निर्णय गरेको जानकारी दिएको हो  ।

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडी सदरमुकामस्थित गढी क्षेत्र ११ दिनका लागि सिल गरिएको थियो । सो नगरपालिकाले माघ ६ गतेसम्म गढी क्षेत्र सिल गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले एक सूचना जारी गर्दै सिल भएको समयमा पनि सरकारी कार्यालयहरुबाट धमाधम सेवा प्रवाह भएपछि ति कार्यालयहरुबाट प्रवाह भइरहेका सेवाहरु नगरपालिका बन्दले प्रभावित भइरहेका र हाल संक्रमण दर समेत घट्दो क्रममा रहेकाले २ गतेबाट खोल्ने निर्णय गरेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार