कञ्चनपुरको पुनर्वास नगरपालिकामा २ ओटा चिस्यान केन्द्र बनाइने

पुनर्वास नगरपालिका

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकामा दुई ओटा चिस्यान केन्द्र बनाइने भएको छ ।

नगर प्रमुख जीवन राज थापाले पुनर्वास सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारण सभाका अवसरमा बोल्दै यसै वर्ष दुई ओटा चिस्यान केन्द्र बनाइने बताएका हुन् ।

उनले एउटा चिस्यान केन्द्र सो सहकारी संस्थाको जमिनमा नगरपालिकाको दुई करोड लागतमा र अर्को चिस्यान केन्द्र नगरपालिकाको वडा नम्बर ५ मा रहेको भानु युवा क्लबको खेलमैदानमा सुदूरपश्चिम प्रदेशको बजेटबाट बन्ने बताए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार