कैलालीको थारु गाउँमा भलमन्सा चयन गरीदै

कैलालीको थारु गाउँमा भलमन्सा चयन गरीदै

धनगढी:  कैलालीको थारु गाउँमा भलमन्सा चयनको कार्य सुरु भएको छ । माघी पर्वको अन्तिमदिनदेखि खोज्नीबोज्नी गर्दै गाउँका नेतृत्वका लागि भलमन्सा चयनको कार्य थालिएको हो ।

यसैक्रममा आज धनगढी उप-महानगरपालिका–५ जाइँ गाउँमा कुलवीर चौधरीलाई लगातार पाँचौ पटक सर्वसम्मतिले भलमन्सा चयन गरिएको छ ।
यसैगरी, सो गाउँका चौकीदारमा सन्तराम चौधरी, गुरुवामा दलबहादुर दहित र केसौकामा लौटन चौधरी चयन भएका छन् । यस्तै, गोदावरी नगरपालिका–८ फकलपुर गाउँको भलमन्सामा यम चौधरी, चौकीदारमा गोपीलाल चौधरी चयन भएका छन् ।

भलमन्साको सहयोगीमा भागीराम, खुशीराम र फूलाराम चौधरी चयन भएको जनाइएको छ । आज भएको सो गाउँवासीको भेलाले सर्वसम्मतिले नेतृत्वकर्ता चयन गरेको हो । भलमन्साको अवधि एक वर्षको हुने गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार