शैक्षिक नगरी धनगढीको कैलाली बहुमुखी क्याम्पस पनि अब सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत

कैलाली बहुमुखी क्याम्पस धनगढी

धनगढीः धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याइएको छ।

यसपूर्व त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कैलाली बहुमुखी क्याम्पसलाई शत प्रतिशत सरकारी लगानी हुने गरि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याइएको प्राध्यापक संघका सभापति लोकबहादुर बिष्टले बताए। उनले कैलाली बहुमुखी क्याम्पसमा सरकारी लगानी ल्याउनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सँग आइतबार सम्झौता गरिएको दिनेश खबरलाई बताए।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय महेन्द्रनगर र कैलाली बहुमुखी क्याम्पस धनगढीबीच क्याम्पस समायोजन र हस्तान्तरण सम्बन्धमा भएको सम्झौतापछि कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाइएको हो।

कैलाली बहुमुखी क्याम्पसकातर्फबाट अध्यक्ष सुर्यबहादुर थापा र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राचार्य डा.अम्मराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

विस २०३७ सालमा सामुदायिक क्याम्पसका रूपमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पस कैलाली कमर्श क्याम्पसको नामले खोलिएको थियो। यसपछि कैलाली बहुमुकी क्याम्पस नामाकरण गरिएको हो।

सुरूवातमा कैलाली क्याम्पस पञ्चोदय विद्यालयको भवनमा संचालनमा आएको थियो। क्याम्पस २०४० सालमा हाल रहेको स्थानमा स्थानान्तरण गरिएको हो।

कैलाली बहुमुखी क्याम्पसलाई २०४६ सालमा त्रिभुवन विश्वविद्यालयले देशकै उत्कृष्ट सामुदायिक क्याम्पस घोषणा गर्दै एक लाख ४५ हजार रूपैँया पुरस्कारसमेत प्रदान गरेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार