सप्तरीमा एचआइभी एड्सबाट एकै परिवारका तेस्रो व्यक्तिको मृत्यु

मृत्यु/ज्यान गयो
सांकेति तस्विर

सप्तरी: सप्तरीको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ  ।  सप्तरीको राजविराज नगरपालिका १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।  एउटै परिवारमा एचआइभी एड्सबाट मृत्यु हुने अमैया तेस्रो व्यक्ति हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाका अनुसार वि.स. २०६८ बैशाख १ गते एचाआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो ।

एचआइभी एड्सको लक्षण देखिएकी किशोरीलाई स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि अमैयाका आफन्तले उनलाई दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा  भर्ना गरिएको थियो ।

नौं वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले  मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए ।  मृतक अमैयाका १२ वर्षीय भाईसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधी खाने गरेको पारिवारीक श्रोतले जनाएको छ  ।  –नयाँ पत्रिका 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार