गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउन माग

गेटा मेडिकल कलेज

गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम मेडिकल विश्वविद्यालय बनाउन माग गरिएको छ । सुदूरपश्चिमका ६ विद्यार्थी संगठनहरुले विज्ञप्ति जारी गर्दै मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग गरेका हुन् ।

अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश सिंह ऐरी, अखिल (क्रान्तिकारी) का सेती माहाकालीका संयोजक विरेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष तथा सुप इन्चार्ज उमेश विष्ट, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पुष्कर जोशी र अखिल छैठौका प्रदेश सदस्य पुष्कर भट्टले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

सुदूरपश्चिमका करिब ३० लाख जनताको स्वास्थ्य तथा चिकित्सा शिक्षा, रोजगार र आर्थिक समृद्धिसंगै राष्ट्रिय गौरवको रुपमा समग्र देशलाई नै दुरगामी टेवा पुर्याउने गरि विश्वविद्यालय बनाउनुपर्ने माग उनीहरुको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार