‘‘प्रचण्डको ‘ननभेज’ आन्दोलनमा माधव नेपालको साथ हुँदैन’’

पुष्पकमल दाहाल प्रचण्ड_माधव नेपाल

काठमाडौं: माघ ४ गते एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अब शाकाहारी आन्दोलनले नपुग्‍ने’ बताएका थिए। आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरूलाई उनको निर्देशन थियो। प्रधानमन्त्री केपी शर्मा ओली र उनका मानिसहरूको सेटिङ भइसकेको भन्दै अब गर्जिनुपर्ने बेला आएको प्रचण्डले बताएका थिए।

उनले भनेका थिए, “हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो। बाघ-सिंह गर्जिएजस्तो गर्जिनुपर्‍यो, ताकि प्रतिक्रान्तिकारीहरूको मुटु हल्लियोस्। अब शाकाहारी आन्दोलनले मात्र पुग्‍ने देखिँदैन।”

त्यतिमात्र नभएर आफू विगतमा पनि विभिन्न आन्दोलनको नेतृत्व गर्दै आएकाले अबको आन्दोलन आक्रामक बनाउनुपर्ने उनको भनाइ थियो। आन्दोलनको अग्रपंक्तिमा आफू नै रहने उनको भनाइ थियो। “टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ,” प्रचण्डले भनेका थिए।

प्रचण्डको उक्त भनाइपछि माघ ९ गते काठमाडौंमा हुने नेकपाको आन्दोलनलाई निकै चासोका साथ हेरिएको छ। उक्त आन्दोलन कतै हिंसात्मक त हुने होइन भन्नेतिर धेरैको ध्यान केन्द्रित छ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनमा रहेको नेकपा प्रचण्ड समूहका अर्का नेता माधव नेपाल प्रचण्डको भनाइप्रति सहमत छन् कि छैनन्? यसमा स्वयम् नेपालले कुनै प्रतिक्रिया दिइसकेका छैनन्। तर नेपालपक्षीय केन्द्रीय सदस्य विष्णु रिजाल आन्दोलन हिंसात्मक नहुने बताउँछन्।

“हामीले अहिले केपी ओलीको कदमका विरुद्ध आन्दोलन गरिरहेका हौं। शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिनेछौं। एकजना नेताले के भन्यो? कसले के भन्यो? भन्ने भन्दा पनि हामी शान्तिपूर्ण आन्दोलनमार्फत् नै अगाडि बढ्छौं,” नेता रिजालले भने।

उनले यस विषयमा स्वयम् प्रचण्डले नै प्रष्टीकरण दिइसकेको भन्दै आन्दोलन हिंसात्मक हुन नसक्ने दाबी गरे।

“प्रचण्डले आफ्नो भनाइको अनर्थ लगाइयो भनिसक्नुभएको छ। उहाँले आवेगमा आएर बोलेको भन्ने कुरा गरिसक्नुभएको छ। हामीले किन र केका लागि हिंसात्मक आन्दोलन गर्ने? हिंसाको बाटो हामी कहिल्यै पनि रोज्दैनौं,” उनले भने।

हिंसात्मक आन्दोलन कसैले पनि नगर्ने र कसैले त्यसो गरेको खण्डमा आफूहरूले साथ नदिने रिजालले प्रस्ट पारे। प्रचण्डले पनि आफूले ‘हिंसात्मक नभई आवेगपूर्ण आन्दोलन’ गर्नुपर्ने बताएको प्रष्टीकरण दिएका छन्।

आज राजधानीमा आयोजित सम्पादकहरूसँगको छलफलमा अध्यक्ष प्रचण्डले आफूले शाकाहारी भनेर हिंसात्मक नभएर आवेगपूर्ण भन्न खोजेको बताएका थिए। -यो खबर  देखापढीमा  कृष्णसिंह धामी ले लेखेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार