६ महिनापछि पुग्यो सदरमुकाम मार्तडीमा बस, खुसी हुँदै बाजुरेली !

६ महिनापछि पुग्यो सदरमुकाम मार्तडीमा बस

बाजुरा: बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ६ महिना पछि बस सेवा सुचारु भएको छ । साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिना पछि सदरमुकाम मार्तडीमा बुधबारबाट ३ वटा बस पुगेका छन् ।

साँफे–मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सूचारु हुने गरी सडक विभागले सडक निर्माण गरेपछि मंगलबार मार्तडीमा ३ वटा बस पुगेका हुन् ।

गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिवृज बगाएपछि मार्तडी सम्मको बस सेवा करिव ६ महिनासम्म बन्द भएको थियो । बुधबार विहान जयमालिका, भेरी र पवनदुत यातायातका ३ वटा बस यात्रु सहित ल्याएर मार्तडी पुगेको मार्तडी बस काउन्टर ईन्चार्ज जीवन थापाले बताए ।

जडाङ्गामा बनाईएको अस्थायी काठे पुलमा जोखिम मोलेर बसहरु मार्तडी पुर्याईएको उनले भने । बल्देदवारी सडकको स्तरोन्नति र जडाङ्गा नदिमा बन्ने बेलिव्रिज छिटो निर्माण गर्न सकेमा मार्तडी सम्म नियमित बस सेवा सूचारु गर्न सकिने यातायात व्यवसायीको भनाई रहेको छ ।

लामो समयपछि सदरमुकाम मार्तडीबाटै बसमा यात्रा गर्न पाउने भएका छन यसबाट स्थानीयबासीहरु खसी भएका छन् । स्थानीय टेक बडुवालले भने यस अघि धनगढी सम्म जान ३ वटा गाडीहरु फेरेर फरक फरक भाडा तिरेर जानु पर्ने बाध्यता थियो अव सिधै मार्तडीबाट बसमा धनगढी, महेन्द्रनगर, काठमाण्डौ र नेपालगन्ज जान पाइने भएको छ ।

यता बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बाजुरा बासीका लागि सदरमुकाम मार्तडीबाटै नियमित बस सेवा संचालनका लागि सम्वन्धित निकाय संग पहल गरिरहेको बताएका छन् ।

गत साउन २५ गतेको बाढीका कारण जडाङ्गामा रहेको बेलिवृज बगाएको करिव साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिवृज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको ठेक्का खोलेर बेलिवृज निर्माणको काम भईरहेको सडक डिभिजन कार्यालय साँफेबगरले बताएको छ ।

करिव २३ वर्षपछि सदरमुकाम मार्तडीसम्म पक्की बनेको सडक वर्षातमा सडक माथि र तलबाट खसेको पहिरोका कारण तहसनहस भई विग्रेको छ । जसका कारण वर्षातमा करिव ३ देखि ४ महिनासम्म सदरमुकाम मार्तडी सम्मको सडकमा नियमित बस सेवा जहिल्यै अवरुद्ध हुने गरेको छ । बाढीकै कारण जडाङ्गाको बेलिब्रिज सँगै झोलङ्गे पुल र खेतियोग्य जमिन समेत बगाएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार