कैलालीको सती भन्सार कार्यालय द्वारा ६ महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन

सती भन्सार कार्यालय खक्रौला
धनगढी: कैलालीस्थित भन्सार कार्यालय चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएका छन् ।
सती भन्सार कार्यालय खक्रौलाले ६ महिनामा नै वार्षिक लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।
खक्रौला भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ६ करोड, ७ लाख रुपैयाँ राजश्व उठाउने वार्षिक लक्ष्य राखेकोमा पुस मसान्तसम्म साढे ८ करोड राजश्व सङ्कलन भइसकेको भन्सार प्रमुख विमल कुमार शाहले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणपछि सीमा नाका खुल्ला नहुँदा मानिसहरू खुल्ला रूपमा सीमापारि आउजाउ गर्न नसक्दा र पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाई छ ।
दुई वर्ष अघि मात्र स्थापना भएको खक्रौला भन्सारले गत आर्थिक वर्षमा ५ करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । खक्रौला भन्सारबाट कपडा, मोटर पार्टस र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार