सामाजिक कार्यमा सक्रिय हमालको अर्को तारिफ योग्य काम, धनगढीमा निःशुल्क महाप्रस्थान यान सञ्चालन गर्ने

धनगढीमा हमाल परिवारले निशुल्क महाप्रस्थान यान सञ्चालन गर्ने

धनगढी: धनगढीमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा आउने भएको छ । सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालको परिवारले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएको हो ।

मृत्युपछि आर्यघाटसम्मको यात्रा सहज होस भन्नका लागि यान सञ्चालन गर्ने तयारी भएको हो । मृत्यु पछि पनि मानिसले सम्मानसहित जाने व्यवस्था मिलाउनका लागि निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने तयारी भएको हमालले बताए । उनका अनुसार महाप्रस्थान यान सञ्चालनको लागि ३० लाख लगानी लाग्ने देखिएको छ ।

यानभित्र पार्थिव शरीर र किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन समेत रहने अभियन्ता हमालले बताए । साथै यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो राख्न मिल्ने व्यवस्था गरिने भएको छ ।  सो यान धनगढी उप-महानगरपालिकास्थित मोहना नदी आर्यघाट र गोदावरी नदी आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ ।

नि:शुल्क यान सञ्चालन गर्नका लागि सम्पर्क व्यक्तिका रुपमा कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुलाई तोकिएको छ भने सञ्चालन खर्च हमाल परिवारले नै ब्यहोर्नेछ । हमालले भने, ‘केही समयपछि कुनै सघसंस्थाले निशुल्क रुपमा सञ्चालन गर्ने जिम्मा लिन्छु भनेपछि हामी हस्तान्तरण गर्नेछौ ।’ चालु आर्थिक वर्षभित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने उनको दावी छ ।

निःशुल्क महाप्रस्थान यान सञ्चालन बारे पूर्ण जानकारी हेर्नुहोस् भिडियोमा..

 

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार