वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभाको निर्वाचनका कैलालीमा तयारी सुरु

जिल्ला निर्वाचन कार्यालय कैलाली

धनगढी: आगामी निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय कैलालीले तयारी थालेको छ । वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आयोगले तयारी थालेको हो ।

सोही अनुसार माघ १५ गते सबै स्थानीय तहमा मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । त्यसपछि त्रुटि सच्याउने, मृत्यु भएकाहरुको मतदाता नामावलीबाट नाम हटाउने र दावी विरोध गर्ने लगायतका कार्य हुने आयोगका कैलाली प्रमुख प्रेमराज भट्टले बताए ।

तीन वटै कार्यहरु जिल्लाको १३ वटै स्थानीय तहबाट हुने उनले बताए । सरकारले गत पुस ५ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिएको थियो । सो अवधिसम्म कैलालीमा पाँच लाख ४६ जना मतदाताको नामावली संकलन भएको छ । यो नामावलीलाई अन्तिम रुप दिन बाँकी रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार