शनिवार विप्लव नेकपाको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि !

सुनसान धनगढी
धनगढी : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिवार नेपाल बन्दको घोषणा गरेका छ । सो पार्टीले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बन्द सफल पार्न सबैलाई आग्रह समेत गरेको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण बन्दीहरूको रिहाइको माग सहित नेपाल बन्दको आव्हान गरेको बताइएको छ ।
त्यस्तै, सो पार्टीले नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम पनि शनिवार बन्द गरिएको नेकपा विप्लवले जनाएको छ। सुदूर तराईका जिल्लाका मुख्य बजारहरू सुनसान बनेका छन् ।
विप्लवको बन्दका कारण कैलालीसहितका जिल्लामा यातायात सेवा प्रभावित भए पनि शुक्रवार रातिदेखि नै प्रहरीले स्कटिङ गरेर सवारी साधन गन्तव्य पठाइरहेको जनाएको छ। विप्लव समूहले माघ ३ गतेदेखि विभिन्न विरोध कार्यक्रमहरू गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार