मालपोतका प्रमुखद्वारा पत्रकार श्रेष्ठ माथि आफ्नै कार्यकक्षमा दुर्व्यवहार !

सुदर्शन श्रेष्ठ

धनगढीः भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले पत्रकारमाथि आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेका छन्।

आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक तथा रेडियो धनगढीका समाचार संयोजक सुदर्शन श्रेष्ठलाई प्रमुख केसीले दुर्व्यवहार गरेका हुन्।

कर्मचारीको मनपरीका कारण सास्ती खेप्नुपरेको भन्ने सेवाग्राहीको गुनासोपछि रिर्पोटिङका लागि मालपोत कार्यालय पुगेका बेला केसीले आफूमाथि हातपातको प्रयास गर्दै कार्यकक्षमै दुर्व्यवहार गरेको पत्रकार श्रेष्ठले बताए।

श्रेष्ठले मालपोत प्रमुख केसीले कर्मचारीको बचाउ गर्दै आफूमाथि दुर्व्यवहार गरेको जनाए । तर मालपोत कार्यालयका प्रमुख केसीले भने आफूमाथि लगाइएको आरोप गलत भएको बताएका छन्।

उनले पत्रकार आएर आफूमाथि धक्याउनु खोज्दा कार्यकक्षबाट बाहिर निस्किएको बताउँदै आफूले दुर्व्यवहार नगरेको दाबी गरेका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार