प्रचण्डले शिलान्यास गरेको नेपालकै दोश्रो लामो पुल आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली

दाङ: प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको  देउखुरी जाने भएका छन् । एकवर्ष अघि निर्माण सम्पन्न भएको नेपालकै दोस्रो लामो पक्की पुल उदघाटन गर्न प्रधानमन्त्री ओली आज त्यसतर्फ जाने भएका हुन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त पुल २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको पुल करिब एक अर्ब रुपैयाँ लागतमा बनेको हो ।

पुल एएनके लुम्बिनी वाइपी जेभी कम्पनीले निर्माण गरेको हो । वर्षायाममा जोखिमपूर्ण तरिकाले डुंगाबाट तरेर यात्रा गरिरहेका देउखुरीबासी पुल बनेपछि खुशी भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार