टाउकोमै हान्नुपर्ने स्थिति आयो, काठमाडौंमा अस्तिको भन्दा ठूलो सभा गर्छौं: प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ २८ गते यसअघिको भन्दा ठूलो विरोध सभा गर्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटनमार्फत भएको प्रतिगमनलाई हरहालतमा परास्त गर्न अझ ठूलो संघर्ष आवश्यक रहेको उनले बताए ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमवार प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनलाई परास्त गर्न टाउकोमै प्रहार गर्नुपर्ने अवस्था आएकाले अझै ठूलो प्रदर्शन गर्न लागिएको बताएका हुन् ।

‘हामीले के सोचेका थियौँ हिजो बिहानसम्म भने प्रदेश २ को जनकपुरमा विशाल सभा आयोजना गर्ने । जनकपुरमा त गर्दै गरौँला जनकपुरमा भन्दा अगाडि काठमाडौंमा अस्तिको भन्दा अझ ठूलो प्रदर्शन गर्नुपर्ने आवश्यकता महशुस भयो,’ प्रचण्डले भने, ‘टाउकोमै हान्नुपर्ने स्थिति आयो । अन्त हानेर त्यति धेरै चोट पुग्दैन कि !’

प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा सभा आयोजना गर्ने निर्णय गरेको छ । सो सभामा मधेशका नेताहरूलाई पनि सम्बोधन गर्न दिइने प्रचण्डले बताए ।

‘अस्ति १० हजारभन्दा १३ हजार आउनुभयो, अब २५ हजार जना प्रदेश २ बाट आउनुपर्‍यो काठमाडौं । हामीले २५ हजार भनेपछि ३० हजार आउनुहुन्छ, त्यो तपाईंहरूको विशेषता हो । त्यो संघर्ष निर्णायक संघर्ष हुन्छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार