प्रतिनिधि सभा विघटनविरुद्ध सुनुवाइ जारी

सर्वोच्च अदालत

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ मंगलबार पनि सुरु भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा मंगलबारको सुनुवाइ सुरु भएको हो ।

मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन्। उनले सोमबार बहस नसकिएपछि मंगलबार पनि निरन्तरता दिएका हुन्।

बहसको ११औँ दिन पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ। विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन्।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो विरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार