दुःखरामको हत्यामा संलग्न चार जना १५ बर्षपछि पक्राउ !

धनगढीका २५ बर्षीय युवकको हत्यामा संलग्न चार जना १५ बर्षपछि पक्राउ

धनगढी: धनगढीका २५ बर्षीय युवकको हत्यामा संलग्न भनिएका चार जना १५ बर्षपछि पक्राउ परेका छन् । धनगढी उप-महानगरपालिका वडा नम्वर ६ जाली गाउँ बस्ने २५ बर्षीय दुःखराम चौधरीको हत्याका चार जना आरोपितलाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उप-महानगरपालीका वडा नम्बर ६ जाली बस्ने ३५ बर्षीय सियाराम चौधरी, ३३ बर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ बर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ बर्षीय तारा भन्ने तारा प्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

२०६२ साल साउन ११ गते राति २५ बर्षीय चौधरी बेपता भएका थिए । १२ गते बिहान धानको खेतबारीमा उनी मृत फेला परेका थिए । उनको हत्या भएको भन्दै चार जनाबिरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता भएकोमा उनीहरु १५ बर्षदेखि फरार थिए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार