युवतीलाई चार बर्षसम्म बन्धक बनाएर बलात्कार गर्ने एकजना पक्राउ

कैलालीकी युवतीलाई चार बर्षसम्म बन्धक बनाएर बलात्कार गर्ने एकजना पक्राउ

कैलालीकी युवतीलाई चार बर्षसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

०७३ साल जेठ ३० गतेदेखि ०७७ साउन १५ गतेसम्म जिल्लाको भजनी नगरपालिका वडा नं ४ कि एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका वडा नं २ साँडेपानी बस्ने बर्ष २४ का छित्ता भन्ने अर्जुन बिकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार बिकले ति युवतीलाई काठमाडौँमा बन्धक बनाएर जबरजस्ती करणी गरेका थिए । साउन १५ गते युवतीलाई कोठामै राखेर बिक फरार भएको जाहेरी दरखास्त परेपछि प्रहरीले बिकलाई पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलिले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार