बझाङमा युवकको हत्याः खुँडा प्रहार गर्ने एक जना पक्राउ, एक फरार !

बझाङमा खुँडा प्रहार गरेर युवकको हत्या, एक जना पक्राउ
बझाङमा खुँडा प्रहार गरेर युवकको हत्या, एक जना पक्राउ

बझाङ: बझाङमा खुँडा प्रहार गरि युवकको हत्या गरिएको छ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए।

गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए।

खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने खुँडा बरामद गरिएको प्रहारीले जनाएको छ। खुँडा प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार