थरी-थरी समानको एक मात्र गन्तव्य, धनगढीको भूमिराज मार्ट (भिडियो रिपोर्ट)

जमाना स्मार्ट सपिङको

धनगढीको चटकपुरमा खुल्यो भूमिराज मार्ट
धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डेढ करोडको लगानीमा भूमिराज मार्ट सञ्चालनमा ल्याइएको छ । युवा व्यवसायी राजेन्द्र चन्दले करिब डेढ करोडको लगानीमा मार्ट सञ्चालनमा ल्याएका हुन् ।
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ३ चटकपुरमा सञ्चालनमा ल्याइएको मार्ट बुधवार एक कार्यक्रमका बिच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गर्नुभएको हो ।
व्यवसायी चन्दले अहिले मार्टहरूको आवश्यकता बढ्दै गएका कारण आफूले पनि ग्राहकहरूको सहजताका लागि मार्ट सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले ग्राहकहरूलाई आवश्यकता पर्ने सामानहरू एकै ठाउँमा सस्तो र सुलभ तरिकाले उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालन गरेको बताउनुभयो । व्यवसायी चन्दले अन्य स्थानमा पनि नयाँ शाखा विस्तार गर्ने योजना रहेको र मार्टमा हरेक सामानमा ५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको बताउनु भएको छ ।
त्यस्तै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले मार्ट दिनानुदिन बढ्दै जानु सकारात्मक कुरा रहेको बताउनुभयो । “हिजोका दिनहरुमा सामान किन्न फरक फरक पसल धाउनु पर्ने बाध्यता थियो उहाँले भन्नुभयो, ‘तर अहिले यस्ता मार्टहरूले त्यो बाध्यताको अन्त्य हुँदै गएको छ ।” साथै कुँवरले व्यवसायी सफलताको समेत शुभकामना दिएका छन् ।
त्यस्तै, मार्टको व्यवसायी सफलताको शुभकामना दिँदै कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले विकाश को गति लिइरहेको धनगढीमा यस्ता खालका मार्टको स्थापना हुनुले विकासमा प्रत्यक्ष असर पार्ने बताउनुभयो ।
भिडियो रिपोर्ट: 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार