धर्म, देश र राजा साझा भन्ने अह्वानका साथ धनगढीमा प्रदर्शन गरिने !

राजसंस्था र हिन्दु अधिराज्यको माग राख्दै धनगढीमा प्रदर्शन गरिने

धनगढीः राजसंस्था र हिन्दु अधिराज्यको माग राख्दै धनगढीमा प्रदर्शन गरिने भएको छ।

धर्म साझा, देश साझा र राजा साझा भन्ने अह्वानका साथ सुन्दर सुदूरपश्चिमाञ्चलबासी जनताले धनगढीमा भोलि (बिहिबार) प्रदर्शन गर्ने भएको हो।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदर्शनबारे जानकारी दिइएको छ। धनगढीको बुद्धचोकबाट सुरु हुने र्‍यालीमा राष्ट्रिय झण्डाको प्रयोग गरिने र सहभागिताका लागि सबै देशभक्त नागरिकहरुलाई अनुरोध गरिने बताइएको छ।

वर्तमान संविधान अपुरो र यसले मौलिक संस्कृतिलाई अंगिकार नगरेकोले जनदबाब र आन्दोलनबाट वर्तमान व्यवस्थाको विस्थापन गरी नेपालमा राजसंस्थासहितको हिन्दु अधिराज्य कायम गर्नका लागि प्रदर्शन गरिने बताइएको छ।

प्रदर्शनका क्रममा कार, मोटरसाइकल र पैदल र्‍याली निकालिने आयोजकका तर्फबाट ललित जोशीले जानकारी गराए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार