लागुऔषध ब्राउन सुगरसहित कैलालीमा महिला पक्राउ

कैलालीमा लागुऔषध ब्राउन सुगरसहित महिला पक्राउ

धनगढी: कैलालीमा लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–२ मिलनटोलकी ३२ वर्षीया अनिता भाट रहेकी छिन्।

बिक्री वितरणका लागि घरमा लुकाई छिपाई राखेको २० ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित भाटलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

पक्राउ परेकी उनीमाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार