नेकपा प्रचण्ड–नेपाल समूहद्धारा धनगढीमा मोटरसाइकल ऱ्याली प्रदर्शन

नेकपा प्रचण्ड-नेपाल समूहको अत्तरिया-धनगढी मोटरसाइकल ऱ्याली

धनगढीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले शुक्रबार धनगढीमा मोटरसाइकल ऱ्याली प्रदर्शन गरेको छ।

माघ १७ गते धनगढीमा आयोजना गर्न लागेको जनसभाको पूर्वसन्ध्यामा मोटरसाइकल ऱ्याली निकालिएको हो।

राष्ट्रिय युवा संघ नेपालको संयोजनमा ऱ्यालीको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले गरेका थिए।

अत्तरिया चोकबाट धनगढी चौराहा हुँदै रंगशालासम्म ऱ्याली  निकालिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य झपट रावलले जानकारी दिए।

सो जनसभालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र स्थायी कमिटी सदस्य डा. भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार