कैलालीमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन

जिल्ला निर्वाचन कार्यालय कैलाली

धनगढीः कैलालीमा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेका छन् ।

मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउने कार्य सुरु भएको हो ।

कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेम भट्टले माघ १५ गतेदेखि जिल्लाका १३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु भएको बताउँदै १ गतेसम्म सञ्चालन हुने बताए ।

‘गलत विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस्को विरोधमा माघ माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्था गरिएको छ,’ भट्टले भने, ‘मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सकिनेछ ।’ कैलालीमा दुई सय ३६ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार