विद्यार्थीहरु द्वारा शहीदहरूको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन

केएमसी का समाज कार्य अध्ययनरत विद्यार्थीहरु द्वारा शहीदहरूको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा समाज कार्य (बियसडब्लु) समूह अध्ययनरत विद्यार्थिहरुले राष्ट्रिय शहिद दिवस मनाएका छन् ।

माघ १६ गते  पर्न गएको राष्ट्रिय शहिद दिवसको अवसरमा कैलाली बहुमुखी क्याम्पस देखि धनगढीको चटकपुर अवस्थित शहिद गेट सम्म र्‍याली को आयोजना सँगै शहिद  गेटमा रहेको शहिदहरुको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गर्दै विद्यार्थीहरू ले शहिद दिवस मनाएका हुन् ।

त्यस्तै, शहिद दिवसको अवसरमा शहीदहरूको सम्झना तथा सम्मानमा कार्यक्रम गरिएको जानकारी दिँदै कैलाली बहुमुखी क्याम्पसमा (बियसडब्लु) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी शैलेन्द्र चन्दले कार्यक्रममा मानविकी सङ्काय विभाग प्रमुख सह-प्राध्यापक मान बहादुर जोरा पनि उपस्थिति रहको बताए ।

कार्यक्रममा बोल्दै सह-प्राध्यापक जोरा ले विद्यार्थीहरू तथा सम्पूर्ण नेपाली जनसमुदायले  पनि शहीदहरूको योगदानको कदर गर्न पर्ने बताउनु पर्ने कुरामा जोड दिँदै उनले सो कार्यक्रमको आयोजना गर्ने कैलाली बहुमुखी क्याम्पस (बियसडब्लु) समूहमा विशेष आभार प्रकट गरेका छन् । साथै उनले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमा विद्यार्थीहरूको सहभागीताका लागि क्याम्पस प्रशासनले पनि विशेष सहयोग तथा समर्थन गर्नेमा विद्यार्थिहरु लाई आश्वस्त पारेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार