जब नेकपा अध्यक्ष ‘प्रचण्ड’ को स्वागतमा ‘जुरुक्क उठ्यो’ धनगढी (भिडियो सहित)

नेकपा अध्यक्ष प्रचण्ड धनगढी पुुगे

धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्। विमानस्थलमा अध्यक्ष प्रचण्ड को नेकपा प्रचण्ड–नेपाल समूहका विभिन्न नेता कार्यकर्ताले भव्य स्वगत गरेका छन् ।

सो समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धनगढी पुुगेका हुन्। सो समूहका अर्का नेता एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल शुक्रबार नै धनगढी पुगेका छन्। सो समूहले धनगढीस्थित खुलामञ्चमा जनसभा आयोजना गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि नेकपा २ खेमामा विभाजित भएको छ। प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री ओलीको विरोधमा उत्रेको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार