प्रतिगमन विरुद्ध जुरुक्क उठेको सुदूरपश्चिमलाई साक्षी राख्दै प्रचण्डले भने, ‘ओलीलाई सदन बोलाएर कारबाही गर्छौ’ (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

धनगढीः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदन बोलाएर भएपनि कारबाही गर्ने चेतावनी दिएका छन् । उनले धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अदालतमा मुद्दा विचाराधीन भएकाले मात्र रोकिएको बताए ।

अदालतमा मुद्दा हुँदैनथ्यो भने सदन बोलाउँथ्यौं । केपी ओलीलाई संसद बोलाएर कारबाही गर्ने तागत हामीसँग छ, प्रचण्डले भने, ‘सभामुखले दुई तिहाईको संसद बोलाउने र राष्ट्रघातका लागि कारबाही गर्ने अधिकार राख्छ ।’ ओलीले सेटिङबाट संसद विघटन गरेको प्रचण्डको टिप्पणी थियो ।

अदालतले संविधान हेरेर निर्णय गर्ने आशा व्यक्त गरे । प्रचण्डले अदालतले संविधान हेरेर फैसला गर्दा संसद विघटनको विपक्षमा आएमा सभामुखमार्फत् सदन बोलाउने संकेतका रुपमा पछिल्लो भनाईलाई लिइएको छ ।

प्रचण्डले संसद नमरेको र संविधानले विघटनको अधिकार ओलीलाई नदिएको तर्क गरे । उनले भने, ‘संसद मरेको छैन । हामी मरेका छैनौं । केपी ओलीले संसद सिध्धियो भन्ने अधिकार पनि छैन । संविधानले विघटन गरेको पनि छैन ।’

ओलीको कदमलाई चुपचाप नहसने बताए । उनले भने, ‘के ठानेको तानाशाह चुपचाप सहन्छौं ?

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार