‘पूर्व मावबादि र एमाले अब सकियो’ : नेता नेपाल (भिडियो सहित)

अध्यक्ष माधव कुमार नेपाल

धनगढी: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज) र एमाले सकिएको बताएका छन् । धनगढीमा शनिबार आयोजित नेकपा प्रचण्ड समूहको आमसभामा बोल्दै नेता नेपालले एमाले र माओवादी मिले नयाँ पार्टी नेकपा जन्मेको र अब नेकपा नयाँ विचार र सिद्धान्तका साथ अगाडि बढेको बताएका हुन् ।

नेता नेपालले प्रधानमन्त्री केपी ओली पूर्वएमाले र जनताको बहुदलीय जनवादको नाम लिएर गफ दिएर हिँडेको आरोप समेत लगाए । आफूलाई सक्कली एमाले भनेर हिँडिरहेको तर, लामो समय पार्टीको नेतृत्व गर्ने माधव नेपाल र झलनाथ खनालभन्दा केपी ओली कसरी असली हुन्छ भन्दै नेता नेपालले जनतासामू प्रश्न समेत गरे ।

वरिष्ठ नेता नेपालले भ्रष्टाचारलाई ढाकछोप गर्ने र जनतालाई सुशासन दिन नसकेकाले केपी ओली नेतृत्वको सरकारलाई बोकेर हिँड्न नसकेको पनि प्रष्ट पारे ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार