क्याम्पसको ४१ औँ स्थापना दिवसको अवसरमा विद्यार्थिहरु द्वारा क्याम्पस परिसरमा सरसफाइ

क्याम्पसको ४१ औँ स्थापना दिवसको अवसरमा विद्यार्थिहरु द्वारा क्याम्पस परिसरमा सरसफाइ

केएमसीको ४१ औँ स्थापना दिवसको अवसरमा बिएसडब्लु समुहद्धारा बृहत सरसफाइ कार्यक्रम

धनगढी: कैलाली बहुमुखी क्याम्पसको ४१ औ स्थापना दिवसको अवसरमा समाज कार्य समुहमा अध्ययनरत विद्यार्थीहरुले बृहत सरसफाइ कार्यक्रम गरेका छन । क्याम्पसमा समाज कार्य बिएसडब्लु समुहमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा सोमबार क्याम्पस परिसरमा सरसफाई गरिएको हो ।

बिएसडब्लु समुहका अध्यक्ष लेखनाथ जोशी ‘लक्ष्मण’ र दोस्रो बर्षका विद्यार्थी शैलेन्द्र चन्दको संयुक्त संयोजकत्वमा सो कार्यक्रम गरिएको हो । भने सरसफाई कार्यक्रमको उद्घाटन सहायक क्याम्पस प्रमुख प्राध्यापक डा केशवराज भट्ट तथा मानबिकी संकाय बिभागिय प्रमुख सहप्राध्यापक मान बहादुर जोराले गरेका हुन ।

सामाजिक कार्यहरुमा सक्रिय भुमिका खेल्दै आएको बिएसडब्लु समुहले क्याम्पस परिसमा आज सरसफाई गरिएको विद्यार्थी शैलेन्द्र चन्दले जानकारी दिए । उनले आफुहरु सामाजिक क्षेत्रमा काम गर्नका लागि जहिले पनि अग्रपंक्तमा रहेर काम गर्दै आएको बताए । आगामी दिनहरुमा पनि यस्ता कार्यहरु गर्दै जाने उनले बताए ।

कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्रा. डा पदम राज जोशीले बिएसडब्लु समुहले आयोजना गरेका यस्ता कार्यक्रमहरुमा सदैब क्याम्पस प्रशासनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन । सरसफाई कार्यक्रममा प्रथम बर्ष र दोस्रो बर्षका विद्यार्थीहरु तथा अन्य संकायका विद्यार्थीहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार