ओलीको प्रश्न : तपाइँको बुवा हलो जोत्नुहुन्थ्यो, तपाइँ किन पत्रकार बन्नुभयो ?

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्ने बताएका छन् ।

धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०/१३२ केभी सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन ।

उनले सही, राम्रा र नयाँ कामको शुरुआत गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले पशुपतिनाथमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गरे ।

प्रधानमन्त्रीले भने, “पशुपतिमा पहिले जस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, तपाइँको बुवा किसान भएर हलो जोत्नुहुन्थ्यो, तपाइँ किन पत्रकार बन्नुभयो ? किसान नै भएर खेतीपाती गरेको भए पो परम्परा बाँच्थ्यो । मेरो बुवा पनि किसान हुनुहुन्थ्यो तर म प्रधानमन्त्री भएँ । त्यसैले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले तराई –मधेशमा केही समूहले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकामा पनि आपत्ति व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार