बाजुरामा रुखबाट खसेर एक युवकको मृत्यु

मृत्यु
प्रतिकारात्मक तस्बिर

बाजुरा: बाजुरामा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–४ का २० वर्षीय मनोज रोकायाको रुखबाट खसेर मृत्यु भएको स्थानीयले बताएका छन्।

सोमबार दिउँसो बाख्रालाई स्याउला काट्न रुख चढेका बेला लडेर उनको घटनास्थलमै ज्यान गएको स्थानीय चन्दलाल बोहोराले बताए।

बाँकेको बागेश्वरी कलेजमा कक्षा १२ मा अध्ययनरत रोकाया घर आएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार