कैलालीको चिसापानीमा ‘बिच’ भलिबल प्रतियोगिता हुने

बीच भलिबल
फाइल तस्बिर

धनगढी: कैलालीको चिसापानीमा बिच भलिबल प्रतियोगिता हुने भएको छ । एडभेन्चर रिसोर्टले मङ्गलवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चिसापानीमा बिच भलिबल प्रतियोगिता गरिने जनाएको छ ।

सुदूरपश्चिममा खेल पर्यटनलाई विकास गर्ने धेयेले सुदूरका ८८ ओटै स्थानीय तहहरूलाई समेट्ने गरी चिसापानीमा बिच भलिबल प्रतियोगिता आयोजना गरिने एडभेन्चर रिसोर्टका सञ्चालक तपेन्द्र रावलले बताए ।

रावलले भलिबल खेल चैत्र १० देखि चैत्र १६ गते सम्म खेलाइने र खेलसँगै सांस्कृतिक महोत्सव पनि सञ्चालन हुने बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

प्रतियोगितामा सुदूर पश्चिमका सम्पूर्ण स्थानीय तहबाट एक एक ओटा भलिबल टिमको सहभागिता गराइने आयोजकको भनाइ छ । नेपालमै पहिलो पटक कर्णाली नदी किनारको बालुवामा हुने बिच भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख, दुतिय हुने टिमलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार