पाँचौँ पटक बृहत् रक्तदान कार्यक्रम गर्दै बैतडी समाज कैलाली, उपस्थितिका लागि अनुरोध !

रगत अभावलाई मध्यनजर गर्दै बैतडी समाज कैलालीले पाँचौँ पटक बृहत रक्तदान कार्यक्रम गर्ने

धनगढी: कोरोना कहरले विश्वव्यापी रूपमा ठुलो जन धनको क्षति त भएकै छ । पछिल्लो समय ‘ब्लड बैकं’ हरूमा रगतको चरम अभाव भइरहेको छ ।

सोही रगत अभावको समस्याा लाई मध्यनजर गर्दै बैतडी समाज कैलालीले पाँचौँ पटक बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ ।

बैतडी समाज कैलाली ले आफ्नो स्थापना काल देखि नै विविध सामाजिक र मानवीय सेवामा टेवा पुग्ने कार्यहरू गर्दै आइरहेको जनकारी दिँदै कार्यक्रम संयोजक राज बहादुर चन्दले यही फागुन ०८ गते (शनिवार) का दिन बिहान ९ बजे होटल जलसाको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

संयोजक चन्दले, “रक्तदान जिवनदान’ को नारालाई आत्मसात् गर्दै हामी पाचौं पटक रक्तदान कार्यक्रमको आयोजना गरिरहेका छौँ, कार्यक्रममा सबैको समुपस्तिथिका लागि हार्दिक आग्रह गर्दछौँ ।” उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार