लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा ‘पाठ्यक्रममा समावेश’

कक्षा–११ र ८ को पाठ्यक्रममा समावेश

नेपालको नक्सा

काठमाडौं: लिम्पियाधुरा, कालपानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश भएको छ ।

कक्षा–११ र कक्षा–८ को पाठ्यक्रममा नक्सा समावेश भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । “लिम्पियाधुरा, कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश भयो,’’ उनले फेसबुकमा लेखेका छन् ।

मिचिएको भूभागसहितको नक्सा संसद्बाट पारित भएपछि नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए । अहिले सोही नक्सा पाठ्यक्रममा समावेश गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार