देश व्यापी आमहड्तालको पूर्व सन्ध्यामा अनेरास्ववियु र युवा संघको धनगढीमा मसाल जुलुस

प्रतिगमनका विरुद्धमा अनेरास्ववियु र युवा सङ्घ द्वारा धनगढीमा मसाल जुलुस

धनगढी: नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव) समूह अन्तरगतको अनेरास्ववियु र युवा संघले संयुक्त रूपमा बिहीबार गरेको देश व्यापी आमहड्तालको पूर्व सन्ध्यामा धनगढीमा मसाल जुलुस निकालेको छ । पार्क मोडबाट सुरु भएको मसाल जुलुस एलएनचोकमा समापन भएको हो ।

भोलि विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने  (प्रचण्ड–माधव) समूहका  अनेरास्ववियु सचिवालय सदस्य युवराज कुवरले जनाकारी दिए ।

काम चलाऊ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै  (प्रचण्ड–माधव) समूह हडतालमा उत्रिएको हो । मसाल जुलुसमा सुदूरपश्चिम प्रदेशमा पूर्व सामाजिक विकास मन्त्री लगायत युवाहरूको सहभागिता रहेको थियो ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार