बुधवार बैतडीमा स्कुलबाटै बेपत्ता भएकी किशोरी मृत फेला

बैतडीमा हराएको २४ घण्टापछि किशोरीकाे शव फेला

बैतडीः बुधवार बैतडीमा स्कुलबाटै बेपत्ता भएकी किशोरीको २४ घण्टापछि जंगलमा मृत अवस्थामा फेला परेकी छन्। उनको बलात्कारपछि हत्या भएको आफन्तले दाबी गरेका छन्। सनातन धर्म माबिमा पढ्ने बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीकी १७ बर्षीया भागरथी भट्ट बुधवार हराएकी थिईन।

उनको खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरि फालिएको अवस्थामा विद्यालयबाट एक किलोमिटर टाढा जंगलमा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए।

किशोरीको शव फेला परेपछि घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ। घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत मगाएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार