बैतडीमा किशोरी मृत्यु प्रकरणः तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन

गाउँपालिकाद्वारा शोक बिदा

बैतडीमा हराएको २४ घण्टापछि किशोरीकाे शव फेला

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरीको भागरथी भट्टको मृत्युको कारणबारे अनुसन्धान गर्न आज तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ।

किशोरीको वीभत्सरुपमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो। धनगढीबाट तालिम प्राप्त कुकरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। घटनाको थप अनुसन्धानका लागि कुकुरसहितको टोली  परिचालन गरिएको हो।  उनले भने, ‘घटनामा संलग्नलाई खोज्न तथा थप अनुसन्धान गर्न सहज होस भनेर कुकुरको प्रयोग गरेका हौं।’

​बुधबार घरबाट विद्यालय गएकी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको थियो।

किशोरीको शव फेला पर्ने बित्तिकै बिहीबारदेखि घटनास्थलमा प्रहरीको टोली खटिएको र घटनास्थललाई सुरक्षित पारिएको छ।। किशोरीलाई बलात्कार पछि हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेका छन्। शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरेको हुन सक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले जानकारी दिए। उनले भने, ‘शरिरमा निलडाम, घाउ छन्, कपडा पनि च्यातिएको अवस्थामा छ।’

प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ। दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदा सम्म शव उठाउन नदिने आफन्तहरुले बताएका छन्। किशोरीले प्रयोग गरेको मोबाइल र कापीकिताबसमेत भेटिएका छैनन्।

मृतक किशोरी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित सनातन धर्म माविका  कक्षा १२ मा अध्ययनरत थिइन्।

यस्तै, किशोरीको मृत्यु भएपछि शोकमा दोगडाकेदार गाउँपालिकाले आज एकदिन शोक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा किशोरीको  शोकमा गाउँपालिका अन्र्तगतका कार्यालय र सम्पूर्ण शैक्षिक संस्था बन्द रहने जनाएको छ। क्रूरतापूर्वक भएको उक्त घटनाको निन्दा गर्दै सत्यतथ्य छानविन गरी दोषीलाई गिरफ्तार गरी कारबाही गर्नसमेत गाउँपालिकाले माग गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार