बैतडी सहित सुदूरका पहाडी जिल्लामा हिमपात

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बिहीबारदेखि हिमपात सुरु

धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बिहीबारदेखि हिमपात सुरु भएको छ । बाजुरा, बैतडी, बझाङ, डडेल्धुरा लगायतका जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा वर्षा सहित हिमपात भएको हो ।

बैतडीको श्रीभावर, ढोल्यामोड, सिगास, खोड्पे, अनारखोली, बझाङको बित्थड र डडेल्धुरामा वर्षासँगै हिमपात भएको छ । बाजुराका उच्च हिमाली भेगमा समेत हिमपात भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका, बडीमलिका नगरपालिका, बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ ।

हिमपातका कारण चिसोले पहाडी जिल्लाको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपात कारण किसान खुसी भएका छन् । भने व्यापारी चिन्तित भएका छन् । मार्तडी कोल्टी सडक खण्डको पोरखे लेकमा हिमपात हुँदा यातायातका साधान अवरुद्ध भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार