‘राजतन्त्र फर्काउने कुरा नसोचे हुन्छ’: ओली

आलोचकहरु लाई मन थामेर बस्न आग्रह

केपी शर्मा ओली

काठमाडौँ : प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्कन नसक्ने बताएका छन् । उनले केपी ओलीले राजतन्त्र फर्काउन लागेको भनेर हल्ला फैलाइएको भन्दै उनले गणतन्त्रको रक्षामा लाग्न सबैलाई आग्रह गरे ।

‘बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’ उनले भने, ‘यो केपी ओली आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लड्यो । यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’ उनले देशको विकासमा गणतन्त्र र संघीयता प्रभावकारीता देखिएको पनि बताए ।  ‘यसले हाम्रो विकासमा बाधा दिएको छैन । हाम्रा स्थानीय निकायहरु कोभिडविरुद्धको लडाइँमा असाध्यै प्रभावकारी देखियो ।’ उनले भने ।

आफ्नो नेतृत्वको सरकारले गरे जसरी नेपालको इतिहासमा कसैले पनि विकास नगरेको उनको दाबी छ । उनले जेष्ठ नागरिकहरुलाई सोध्दै भने, ‘तपाईँ जेष्ठ नागरिकहरुले लामो इतिहास देख्नु भएको छ । अहिलेको सरकारले जसरी काम गरेको छ त्यसरी कुनै सरकारले काम गरेको थियो ? यति छिटो विकास कुनै सरकारले गरेको थियो ? अहिलेजस्तो काठमाडौँ कहिल्यै थियो ? अहिलेजस्तो विकास कहिल्यै भएको थियो ? पर्यटन क्षेत्रमा कोभिडले अलिकति दुख दियो । पर्यटनलाई अब हामी उठाउँछौँ । उद्योगहरु थला परे कोभिडका कारणले ।  अब अघि बढाउछौँ ।’

उनले आजको आमसभा कास्टिङ भएको पनि दाबी गरे । ‘हामीले आमसभा गर्न परे काठमाडौँभरी स्कृन राखेर देखाउन पर्ने हुन्छ’ उनले भने, ‘यो कास्टिङ मात्रै हो । १ गते बुटलमा अर्काे कास्टिङ देखाउँछौँ । आलोचकभित्रहरु मन थामेर बस्न आग्रह गर्छु ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार